Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तह निर्वाचनको तयारीमा एमाले, पालिकादेखि वडासम्म ३०१ नेताको जिम्मेवारी तोकियो

स्थानीय तह निर्वाचनको तयारीमा एमाले, पालिकादेखि वडासम्म ३०१ नेताको जिम्मेवारी तोकियो

'नेकपा एमालेमाथि विभिन्न कोणबाट प्रहार भइरहेको निष्कर्ष'

शनिवार , जेठ १६, २०८३

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले केन्द्रीय कमिटीका सबै नेताहरूको जिम्मेवारी निर्धारण गरेको छ ।

पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन तथा जिम्मेवारी टुंगो लगाएको हो ।

आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।

यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको  प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो । 

अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाएका हुन्। कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि तोकिएको छ ।

कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ ।

साथै पार्टी अध्यक्ष ओलीले पार्टीमाथि विभिन्न कोणबाट प्रहार भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा नेता–कार्यकर्ता अझ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टीको संगठनात्मक एकता, अनुशासन र सक्रियतालाई सुदृढ बनाउँदै जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत हुन सबैलाई आह्वान गरेका छन् ।

एमालेले जिम्मेवारी बाँडफाँटसँगै पार्टी संगठनलाई थप गतिशील, सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077