काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकताबद्ध र अग्रगामी दिशातर्फ लैजान महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
सोमबार पार्टीको ११औँ महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले नेपालको कम्युनिस्ट आन्दोलनलाई समयानुकूल ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले पार्टीलाई अझ व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउँदै जनताको भरोसा जित्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
पाण्डेले महाधिवेशनलाई पार्टी सुदृढीकरण र आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा लिन आग्रह गर्दै प्रतिनिधिहरूको भूमिकालाई निर्णायक बताए।
'नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई अझै बढी एकताबद्ध र अग्रगामी बाटोमा लैजानका लागि महाधिवेशन प्रतिनिधिज्यूहरूको हामीलाई सहयोग हुन्छ भन्ने कुरामा म विश्वस्त छु,' उनले भने।