Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमालेको अवरोध, ओली र लेखकलाई तत्काल रिहा गर्न माग

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमालेको अवरोध, ओली र लेखकलाई तत्काल रिहा गर्न माग

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक हुनासाथ एमाले सांसद गुरु बराल उठेर विरोध जनाएका हुन् ।

उनले विरोध जनाएपछि सभामुख अर्जुनरसिंह के।सी।ले उनलाई बोल्न समय दिएका थिए । 

सो क्रममा सांसद बरालले संविधान विपरीत नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

'यो गम्भीर आपत्तिको विषय हो । यस विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । सरकारले अहिले निर्मम दमन गरिरहेको छ । आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौँ,' उनले भने ।

उनले ओली र लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ को गलत ढंगले प्रयोग गरेर बन्दी बनाइएको समेत आरोप लगाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077