काठमाडौं । नेकपा एमालेको कर्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ ।
आज च्यासलमा पार्टी पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीबाट बादललाई जिम्मेवारी तोकेको जानकारी गराइएको सांसद ऐन महरले जानकारी दिए ।
ओली हिरासतमुक्त नभएसम्मका लागि बादल कार्यवाहक रहने उनले सुनाए ।
अध्यक्ष केपी शर्मा ओली भदौ २३ गतेको जेन्जी आन्दोलनमा जिम्मेवार रहेको ठहर गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा थुनामा छन् । यद्यपी उनी विरामी परेर टिचिङ अस्पतालमा उपचार गरराइरहेका छन् ।
बादल आजै संसदिय दलको नेता चयन भएका हुन् ।
ओली र लेखकलाई रिहा गर्न एमालेको माग, सदन अवरोध नगर्ने
एमालेले पार्टी अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दलका नेता बादलले सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको निष्कर्षसहित रिहा गर्न माग गरेको बताए।
पूर्वप्रधानमन्त्री ओली र लेखकलाई निशर्त रिहा गर्नुपर्ने बताए। उनले भोलिबाट सुरु हुने सदनमा पनि आफूहरूले यो विषयमा आवाज उठाउने भन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। उनले सदन अवरोध गर्ने पार्टीको कुनै निर्णय नभएको बताए।