Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली पक्राउविरुद्ध वडादेखि केन्द्रसम्म चरणवद्ध प्रदर्शन गर्ने एमालेको घोषणा

ओली पक्राउविरुद्ध वडादेखि केन्द्रसम्म चरणवद्ध प्रदर्शन गर्ने एमालेको घोषणा

'वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन '

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । नेकपा एमालेले वडादेखि केन्द्रसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलका अनुसार बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरिएको छ ।

जसअनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गरिने, वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

जेनजी आन्दोनलको छानबिन गर्न बनेको आयोगको सिफारिस कार्यान्वयन गर्ने भन्दै शनिबार सरकारले ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका थिए। 

ओलीलाई राजनीतिक पूर्वाग्रहका आधारमा गैरकानुनी ढंगले नियन्त्रणमा लिएको आरोप लगाउँदै शनिबार नै बसेको सचिवालयको आकस्मिक बैठकले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेर विरोधपत्र बुझाएको थियो ।

ओलीलाई नियन्त्रणमा लिइएको दिनदेखि एमालेले गरेको विरोध प्रर्दशनमा शनिबार सिंहदरबार क्षेत्रमा तोडफोड गरेको आरोपमा सात जना पक्राउ परेका थिए भने केही घाइते भएका थिए । यसैगरी आइतबार पनि नौ जना पक्राउ परेका थिए भने दुई जना घाइते भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077