Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डले भने - सबैको सम्पत्ति छानबिन होस्, तर राजनीतिक पूर्वाग्रह नहोस्

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डले भने - सबैको सम्पत्ति छानबिन होस्, तर राजनीतिक पूर्वाग्रह नहोस्

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी )नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि विषयमा छानबिन गर्दा पूर्ण निष्पक्षता र स्वतन्त्रता कायम गर्नुपर्ने बताएका छन् ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सरकारले सम्पत्ति शुद्धीकरण प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गरिरहेको विषयमा सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले यो आफूले पहिलेदेखि उठाउँदै आएको मुद्दा भएको बताए।

'मैले संसदमै भनेको थिएँ— सबैको छानबिन होस्,' उनले भने, 'अनुसन्धान स्वतन्त्र र निष्पक्ष ढंगले अघि बढ्नुपर्छ।'

त्यस्तै, केपी शर्मा ओली लाई पक्राउ गरिएको विषयमा प्रतिक्रिया दिँदै उनले कुनै पनि हालतमा राजनीतिक आग्रह–पूर्वाग्रह हावी हुन नहुनेमा जोड दिए। 'कहीँ कतै राजनीतिक पूर्वाग्रह नहोस्, निष्पक्षता कायम रहोस्,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077