Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन सरकार निरंकुशतातर्फ, अध्यादेश र बल प्रयोग अस्वीकार्य : प्रचण्ड

बालेन सरकार निरंकुशतातर्फ, अध्यादेश र बल प्रयोग अस्वीकार्य : प्रचण्ड

बिहिवार , बैशाख १७, २०८३

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश शैलीतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएका छन् ।

रुकुम पश्चिमको सदरमुकाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले सरकारले ट्रेड युनियन र विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताए ।

उनले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमप्रति कडा आपत्ति जनाउँदै भने, 'सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्र र संसदीय परम्पराविरुद्ध हो। यस्तो अलोकतान्त्रिक कदम नअपनाउन हामीले सरकारलाई सचेत गराएका छौँ।'

सुकुमबासी समस्यामा सरकारको पछिल्लो कदमप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरे। वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गर्दै डोजर चलाउनु “पूर्णतः गलत” भएको उनको भनाइ छ।

'यदि अतिक्रमण भएको छ भने पनि वास्तविक अवस्था बुझेर छानबिन गर्नुपर्छ, तर सरकारले हतारोमा बल प्रयोग गर्‍यो,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077