Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबै नेपालीको पहिलो जिम्मेवारी हो : प्रचण्ड

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबै नेपालीको पहिलो जिम्मेवारी हो : प्रचण्ड

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबै नेपालीको पहिलो जिम्मेवारी भएको बताएका छन् ।

गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गरेका हुन्।

प्रचण्डले नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान तथा त्यागबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र साझा राष्ट्रिय उपलब्धि भएको उल्लेख गरे। उनले यो व्यवस्था कुनै व्यक्ति वा दलको नभई सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको स्पष्ट पारे।

उनले संविधानको मूल मर्म, मूल्य र मान्यतामाथि सम्झौता गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा देखिएका कमजोरी सुधार्नुपर्ने आवश्यकता औंल्याए।

राज्य सञ्चालनमा देखिएको परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्दै जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।

सन्देशमा उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको बताएका छन्।

राजनीतिक मतभेद र संसदीय अंकगणित फरक हुनसक्ने भए पनि राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्यलाई संस्कार बनाउनुपर्नेमा उनले जोड दिए।

प्रचण्डले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको उल्लेख गर्दै आत्मनिर्भर, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणका लागि सबै एकजुट हुन आह्वान गरे।

उनले गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र नै भएको उल्लेख गर्दै समावेशी तथा पूर्ण समानुपातिक व्यवस्थालाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे। साथै, उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई अझ मजबुत बनाउनु वर्तमान आवश्यकता भएको उनको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077