Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कम्युनिस्ट सखाप पार्न देशी–विदेशी शक्ति सक्रिय रहेको प्रचण्डको दाबी

कम्युनिस्ट सखाप पार्न देशी–विदेशी शक्ति सक्रिय रहेको प्रचण्डको दाबी

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सच्चा कम्युनिस्ट शक्तिहरूबीच अहिले झन् बढी एकताको आवश्यकता रहेको बताएका छन् ।

आइतबार २६औँ निर्मल लामा स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति कम्युनिस्ट आन्दोलनका लागि चुनौतीपूर्ण बनेको बताएका हुन् ।

प्रचण्डले विश्वभर कम्युनिस्ट आन्दोलन बहस, विवाद, विभाजन र पुनःएकताको प्रक्रियाबाट अघि बढ्दै आएको उल्लेख गर्दै अहिले “सच्चा कम्युनिस्टहरूबीच ध्रुवीकरण र एकता” को आवश्यकता अझ बढेको बताए।

उनले देशमा साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै नेपाल जटिल राजनीतिक मोडमा पुगेको टिप्पणी गरे। गत निर्वाचनताका कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने उद्देश्यसहित “पर्दाभित्र अनेक खेल” भएको उनको आरोप थियो।

“के–के भएको थियो, त्यो अनुसन्धान हुँदै जाला,” भन्दै उनले ती गतिविधि अझै पूर्ण रूपमा सार्वजनिक नभएको संकेत गरे। प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न देशी तथा विदेशी शक्तिहरू सक्रिय रहेको दाबीसमेत गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077