Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेसँग अर्थपूर्ण र परिणाममुखी एकताको सम्भावना रहेको प्रचण्डको दाबी

एमालेसँग अर्थपूर्ण र परिणाममुखी एकताको सम्भावना रहेको प्रचण्डको दाबी

आइतवार , जेठ ३, २०८३

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँग “अर्थपूर्ण र परिणाममुखी” कम्युनिस्ट एकताको सम्भावना रहेको बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले वामपन्थी आन्दोलनलाई पुनः संगठित गर्न एकताको आवश्यकता अपरिहार्य बनेको बताएका हुन्।

उनले पछिल्लो निर्वाचनपछि वामपन्थी शक्तिले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखे।

दाहालले भने, “कम्युनिस्ट आन्दोलनको एकता गरेर जानुपर्दछ। वामपन्थी आन्दोलन यो चुनावपछि पक्कै पनि धक्का खाएको छ र एकताको आवश्यकता देखिएको भनेर नीतिगत निर्णय पनि हामीले गरेका छौँ।”

उनका अनुसार विभिन्न वामपन्थी दल र नेताहरूसँग औपचारिक तथा अनौपचारिक संवाद भइरहेको छ। यद्यपि तत्काल एउटै पार्टी निर्माणको अवस्था नरहेको उनले स्पष्ट पारे।

“सहकार्य गर्दै, समझदारी बढाउँदै, विश्वास निर्माण गर्दै एउटा विन्दुमा ध्रुवीकरण हुनुपर्छ भन्ने हाम्रो धारणा छ,” उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077