Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाहलाई संसदीय दलको नेता बनाउने रास्वपामा सहमति

बालेन शाहलाई संसदीय दलको नेता बनाउने रास्वपामा सहमति

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व चयनको विषय टुंगिएको छ । सात बुँदे पूर्वसहमति अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बनाउने सहमति भएको हो ।

बिहीबार साँझ शीर्ष नेताहरूबीच भएको छलफलपछि उक्त निर्णयमा सर्वसम्मत सहमति जुटेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार अब यो निर्णयलाई अनुमोदन गर्न चैत १२ गते केन्द्रीय समिति बैठक बस्नेछ।

महामन्त्री बुर्लाकोटीले सर्वसम्मत सहमति भइसकेकाले संसदीय दलको नेता चयनका लागि विधान संशोधन आवश्यक नपर्ने स्पष्ट पारे । 
यससँगै बालेन शाहको प्रधानमन्त्री बन्ने बाटो पनि खुला भएको छ । चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077