काठमाडौं । रास्वपाका नेता बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदै छन् ।
राष्ट्रपति कार्यालयका अनुसार शपथभन्दा केही अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नेछन्। शाहले दिउँसो १२:३४ मा शपथ लिने समय तय भएको छ ।
शाहसँगै आजै मन्त्रीहरूले पनि शपथ लिने तयारी छ । अहिलेसम्म रास्वपाले स्वर्णिम वाग्लेलाई अर्थ र शिशिर खनाल खनाललाई परराष्ट्र मन्त्री बनाउने लगभग पक्का भएको छ।
साथै सोबिता गौतम, इन्दिरा राना, गणेश पौडेल, प्रतिभा रावल लगायत पनि मन्त्री बन्दैछन् । सांसद सुदन गुरुङ पनि गृहमन्त्री बन्ने भएका छन् ।