Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ प्रधानमन्त्रीको रूपमा आज शपथ लिँदै बालेन, शीतल निवासमा शंखनाद

नयाँ प्रधानमन्त्रीको रूपमा आज शपथ लिँदै बालेन, शीतल निवासमा शंखनाद

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नयाँ प्रधानमन्त्रीको रूपमा आज शपथ लिँदै छन् ।

बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका हुन् । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । 

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार, अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ ।

शाहको शपथमा केही नयाँ र अनौठा अभ्यास हुने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो हुने शपथका लागि मञ्च पनि नयाँ बनाइएको छ ।

शीतल निवासको मूलढोका अगाडि रहेको मञ्चमा बालेनको शपथ हुने छैन । बालेनकै चाहनामा शपथका लागि उत्तरतर्फ फर्केको मञ्च बनाइएको छ ।

प्रधानमन्त्रीको शपथका बेला विभिन्न जातीय संस्कृति झल्किने कलाचित्र राखिने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077