Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको प्रमुख सुरक्षा अधिकृतमा डीएसपी बस्याल

बालेनको प्रमुख सुरक्षा अधिकृतमा डीएसपी बस्याल

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको प्रमुख सुरक्षा अधिकृत (पीएसओ) मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् ।

बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथग्रहण गर्दैछन् । सोही अनुसार प्रहरी प्रधान कार्यालयले डीएसपी बस्याललाई बालेनको प्रमुख सुरक्षाको जिम्मेवारी दिएको हो ।

बालेनको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने क्रममा डीएसपी बस्याललाई पीएसओ खटाइएको हो । 

उच्च सुरक्षा संवेदनशीलता र नेतृत्वको कार्यतालिका व्यवस्थापनलाई ध्यानमा राख्दै अनुभवी अधिकृतलाई पीएसओको जिम्मा दिइएको स्रोत बताउँछ । 

डीएसपी बस्याल यसअघि विभिन्न सुरक्षा तथा अनुसन्धानसम्बन्धी जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकृतका रूपमा परिचित छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077