काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित चार नेता छलफलमा जुटेका छन् ।
आज बेलुका चार नेता छलफलमा जुटेको उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।
भेटमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले सहभागी छन् । उनीहरूले भेट कुन ठाउँ भइरहेको भन्ने खुलाएका छैनन् ।
प्रत्यक्ष र समानुपातिक गरेर रास्वपाले १८२ सीट जितेको छ । रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ ।