Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजका दिनसम्म नयाँ बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन: रवि लामिछाने

आजका दिनसम्म नयाँ बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन: रवि लामिछाने

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको स्पष्ट पारेका छन् ।

रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि हिजोदेखि ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा समापन मन्तव्य राख्दै उनले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका हुन् ।

उनले भने- 'अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं ।'

यद्यपि दुई तिहाइ नजिक बहुमत पाएको रास्वपाले यतिबेला मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल गरिरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा पार्टीका उपसभापति स्वर्णिम वाग्ले, गृह मन्त्रालयमा पनि पार्टीका उपसभापति डीपी अर्याल, शिक्षामन्त्रीमा महावीर पुन, सस्मित पोखरेल, आनन्द चन्द र ऊर्जा जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्रीमा सागर ढकाल चर्चामा छन् ।

यसैगरी परराष्ट्र मन्त्री शिशिर खनाल, डा,तारा जोशी, कमलदेव सुवेदी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलसुनिल लम्साल, आशिष गजुरेल र सुदन गुरुङको नाम चर्चामा छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077