Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको उम्मेदवार बालेन नै हुन्, कुनै कन्फ्युजन छैन : राजु पाण्डे

प्रधानमन्त्रीको उम्मेदवार बालेन नै हुन्, कुनै कन्फ्युजन छैन : राजु पाण्डे

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु पाण्डेले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह (बालेन) नै रहेको स्पष्ट पारेका छन्।

मंगलबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले बालेन प्रधानमन्त्री बन्ने विषयमा कुनै दुविधा नरहेको बताएका हुन् ।

उनले भने, 'रास्वपाको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह नै हुन् । यसमा कुनै कन्फ्युजन छैन। चाहिने–नचाहिने कुरा गर्ने छुट कसैलाई छैन।'

काठमाडौँ–३ बाट निर्वाचित पाण्डेलाई सञ्चारकर्मीले रास्वपाका उपसभापति डिपी अर्यालले बालेन प्रधानमन्त्री बन्ने विषयमा दुविधा रहेको संकेत गरेको टिप्पणीबारे प्रश्न गरेका थिए।

त्यसको जवाफ दिँदै पाण्डेले अर्यालले के भनेका हुन् भन्ने आफूलाई थाहा नभएको बताए। 'यदि त्यस्तो भन्नुभएको हो भने त्यो गैरजिम्मेवार अभिव्यक्ति हो,' उनले भने।

यसअघि काठमाडौँ–९ बाट निर्वाचित अर्यालले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीच प्रधानमन्त्रीको विषयमा भएको भनिएको सहमतिबारे आफूलाई जानकारी नभएको बताएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077