Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० बजेसम्म साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग

१० बजेसम्म साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि अज देशभरका भइरहेको निर्वाचनमा हालसम्म साढे १० लाख मतदाताले मतदान गरेको जनाएको छ । 

बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । 

यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । 

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077