Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैतडीमा एक स्वतन्त्रसहित सात उम्मेदवारको जमानत जफत

बैतडीमा एक स्वतन्त्रसहित सात उम्मेदवारको जमानत जफत

सोमवार , फाल्गुण २५, २०८२

बैतडी। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ। 

खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका एक स्वतन्त्रसहित ७ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवरले २९९ मत, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले समान ९४र९४ मत, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२ मत, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ मत र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका थिए।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा यहाँ ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए।

तीमध्ये ६७ हजार ७३० मत सदर भएका थिए भने पाँच हजार ११३ मत बदर भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077