Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषा–१ को निर्वाचन विवाद : रास्वपाका उम्मेदवार साहको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

धनुषा–१ को निर्वाचन विवाद : रास्वपाका उम्मेदवार साहको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट धनुषा–१ मा उम्मेदवार बनेका किशोरी साह ‘कमल’ले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ जारी छ । 

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निर्वाचन आयोगले कालोसूचीमा परेकाले योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले साहको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ ।

उम्मेदवार साह सर्वोच्च अदालत गएको थाह पाएपछि निर्वाचन आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । 

त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन ।

रास्वपाका एक प्रतिनिधिका अनुसार साहले २० हजार भन्दा बढी मत पाएका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले उनको मत औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

अर्का प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवको १० हजार ४०३ मत छ । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।

यादवले भने आफूलाई विजयी घोषणा गर्न दबाब दिइरहेका छन् । नेकपाका नेता–कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

किशोरी साह कमल साहको उम्मेदवारी खारेज भएकाले उक्त मत बदर भएको र अरु उम्मेदवारले पाएको भन्दा आफ्नो मत बढी भएकाले आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने यादवको माग छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077