Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिनस्विप’, यस्तो छ अन्तिम मत परिणाम

काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिनस्विप’, यस्तो छ अन्तिम मत परिणाम

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)का सबै १५ वटै निर्वाचन क्षेत्र जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिनस्विप’ गरेको छ । 

काठमाडौंको १०, ललितपुरको ३ र भक्तपुरको २ वटै क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भइसकेका छन्। ललितपुर २ बाहेक अन्य क्षेत्रमा हिजो नै विजयी घोषणा भइसकेको छ भने ललितपुर २ मा आज रास्वपाका उम्मेदवार विजयी भएको घोषणा भएको हो । 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा १० मध्ये ४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। त्यतिबेला काठमाडौं २ बाट सोविता गौतम, काठमाडौं ६ बाट शिशिर खनाल, काठमाडौं ७ बाट गणेश पराजुली र काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका थिए। बाँकी पाँच निर्वाचन क्षेत्रमा कांग्रेस र एक निर्वाचन क्षेत्रमा एमाले विजयी भएका थिए। 

यस्तो छ मत परिणाम
काठमाडौ १
रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रवल थापाको ६ हजार ३३९ मत प्राप्त गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याउँदा एमालेका उम्मेदवार मोहनराज रेग्मीले जम्मा १ हजार ६१८ मत पाए । 

काठमाडौं २
सुनिल केसीले ३४ हजार २३८ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती देवी पोखरेल (उपाध्याय) ले ५ हजार २१० मत ल्याइन् । त्यसैगरी नेकपा एमालेका मणिराम फुयालले ४ हजार ७५९ मत प्राप्त गरे । 

काठमाडौं ३
रास्वपाका राजुनाथ पाण्डेले विजयी भएका छन्। उनले १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। यहाँ नेपाली काँग्रेसका रमेश अर्यालले ६ हजार मत पाउँदा एमालेका रामेश्वर फुयालले ३ हजार ८१६ मत पाए । 

काठमाडौं ४
यो निर्वाचन क्षेत्रमा रास्वपाका पुकार बमले २९ हजार १४२ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सचिन तिमल्सेनाको ८ हजार ८२४ मत आयो । त्यस्तै एमालेका राजन भट्टराईले ५ हजार ७३३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र राज भण्डारीलले जम्मा २ हजार २५ मत पाए । 

काठमाडौं ५
काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत पाए । त्यसैगरी एमाले उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेता कमल थापाले जम्मा १ हजार ९२२ मत पाए । 

काठमाडौं ६
यो निर्वाचन क्षेत्रमा रास्वपाको शिशिर खनाल विजयी भए । उनले २७ हजार ७१९ मत लिएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सबुज बानियाले ६ हजार ६४७ मत मात्रै प्राप्त गरे । त्यसैगरी एमालेका अमन कुमार मास्केले ४ हजार २६८ मत पाउँदा पत्रकार समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव राज भेटुवालले जम्मा १ हजार २०७ मत पाए ।

काठमाडौं ७
यो निर्वाचन क्षेत्रमा रास्वपाका गणेश पराजुली २७ हजार ८०५ मतकासाथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोद हरि गुरागाईलले जम्मा ३ हजार ९८२ मत पाए । त्यसैगरी यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका वसन्त प्रसाद मानन्धरले ३ हजार ६६७ र एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५४४ मत पाए । 

काठमाडौं ८
काठमाडौंमा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत लिएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्वी सुमन सायमीले ३२ सय १७ मत मात्रै प्राप्त गरे। यो क्षेत्रमा नेपाली काँग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नबिन शाहीले १ हजार ९०९ मत पाए । 

काठमाडौं ९
यो निर्वाचन क्षेत्रबाट रास्वपाले उपसभापति समेत रहेका डोलप्रसाद अर्याल ‘डीपी’  ३५ हजार ९३ मतका साथ विजयी भए । यहाँ दोस्रो स्थानमा रहेका कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत पाउँदा एमालेका अजय क्रान्ती शाक्यले जम्मा ४ हजार ५८० मत पाए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल कुमार कार्कीले भने १ हजार ४५७ मत पाए । 

काठमाडौं १०
यो निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवार प्रदिप विष्ट विजयी भए । विष्टले ३७ हजार ४६९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत पाए । त्यसैगरी एमालेका विनोद श्रेष्ठले ४ हजार ८६४ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीकी रुपा महर्जन श्रेष्ठेले २ हजार ६४८ मत पाइन । 

ललितपुर १ 
यो निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवार बुद्ध रत्न महर्जन विजयी भए । उनले २३ हजार मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उदय शम्शेर राणाले १३ हजार ५२०  मत पाए । त्यसैगरी एमालेका चेत नाथ संजेलले ६ हजार ५४६ मत पाउँदा उज्यालो नेपाल पार्टीका पदम कुमार लामाले २ हजार ६८६ मत पाए । 

ललितपुर २
यो निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवार जगदिश खरेल विजयी भए । उनले ३९ हजार ४९१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेम कृष्ण महर्जनले ७ हजार ४२० मत पाए । त्यसैगरी उज्यालो नेपाल पार्टीका राजा राम तण्डुकारले ५ हजार ५४७ मत ल्याए भने एमालेका प्रेम बहादुर महर्जनले ४ हजार ५३६ मत पाए । 

ललितपुर ३
यो निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवार तोसिमा कार्की विजयी भइन् । अघिल्लो निर्वाचनमा पनि विजयी भएकी उनले यो वर्ष  कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठलाई ३४ हजार ५१ मतान्तरले पराजित गरिन् । कार्कीले ४३ हजार ९६ मत पाउँदा श्रेष्ठले जम्मा ९ हजार ४५ पाए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका राज काजी महर्जनले ६ हजार २२ पाए भने एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत ल्याए । 

भक्तपुर १
नेमकिपाको लालकिल्ला मानिएको यो निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवार रुकेश रन्जित विजयी भए । उनले ३३ हजार ४३६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत पाए । यहाँ नेपाली काँग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत पाउँदा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाए । 

भक्तपुर २ 
नेकपा एमालेका महेश बस्नेतले ३० हजार मतले जित्छु भन्दै आएको यो निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवार राजीव खत्रीले बाजी मारे । खत्रीले ४२ हजार ३३४ मत ल्याउँद बस्नेतले जम्मा १० हजार ९९६ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले जम्मा ३ हजार ७५३ मत पाए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077