Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेसँग मुठभेड हुने देखिएपछि पोखरा र भैरहवामा हुन लागेको रास्वपाको चुनावी सभा स्थगित

एमालेसँग मुठभेड हुने देखिएपछि पोखरा र भैरहवामा हुन लागेको रास्वपाको चुनावी सभा स्थगित

शुक्रवार , फाल्गुण ८, २०८२

रुपन्देही । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेरि अर्को विवादमा फसेको छ । 

विना प्रमाण गत भदौमा भएको जेनजी आन्दोलनमा घुसपेठ गरेको आरोप खेप्दै आएको रास्वपा अहिले भने कानून विपरित गतिविधिमा संलग्न भएको विषयमा विवादमा परेको हो । 

दाङको तुलसीपुरमा बिहीबार राति रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाएका थिए । त्यसपछि उत्पन्न विवादले उग्ररुप लिइरहेको छ । आफ्नो झण्डा जलाइदिएपछि एमालेका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् । 

दाङमा एमालेको झण्डा दहन, रास्वपा कार्यकर्ता विवादमा दाङमा एमालेको झण्डा दहन, रास्वपा कार्यकर्ता विवादमा

नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महाराज गुरुङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न आग्रह गरेका छन् । 

पार्टीको झण्डा जलाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित पक्षमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाउन उनको माग छ । यद्यपि रास्वपाले यसलाई घुसपैठको दाबी गरेको छ ।

रास्वपाको भोलि भैरहवामा हुने भनिएको चुनावी सभा स्थगन रास्वपाको भोलि भैरहवामा हुने भनिएको चुनावी सभा स्थगन

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ र फोटोहरूमा रास्वपाको प्रचार गर्दै एमाले र केपी ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाइएको र घन्टी बजाएको प्रष्ट देखिन्छ । 

सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका लामिछानेको स्वागत कार्यक्रमकै क्रममा झण्डा दहन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

झण्डा जलाइएको ठाउँ भने एमाले महासचिव शंकर पोखरेलको गृहनगर तुलसीपुर  हो । यस विषयलाई लिएर महासचिव पोखरेलसहितका एमाले नेता तथा कार्यकर्ताले आक्रोश व्यक्त गरेका छन् । 

एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्स र विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा जलाउनेलाई तत्काल कारबाहीको माग गर्दै प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

रास्वपाको पोखरामा हुने भनिएको चुनावी सभा पनि स्थगित रास्वपाको पोखरामा हुने भनिएको चुनावी सभा पनि स्थगित

एमाले दाङका सचिव श्याम डाँगीले निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुनेमा आशंका बढेको बताएका छन् ।

उनले भनेका छन्–‘निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा आशंका पैदा भएको छ । लोकतन्त्रविरोधी यस्तो कार्यले निर्वाचन मुठभेडतर्फ जान सक्छ । सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।’

शान्ता चौधरी, कोमल वलीगायतका नेताले प्रतिद्वन्द्वी दलको प्रतीक वा झण्डामाथि आक्रमण गर्नु समग्र लोकतान्त्रिक प्रणालीमाथिको चुनौती भएको भन्दै रास्वपाको गतिविधिलाई निन्दनीय, अस्वीकार्य र पूर्ण रूपमा अराजकताको संज्ञा दिएका छन् ।

रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति निकाल्दै शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको जिकिर गरेका छन् । झण्डा जलाउनेलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

रास्वपालाई सार्वजनिक रूपमा माफी माग्न युवा संघको आग्रह, अराजक गतिविधि नरोके आन्दोलन थाल्ने चेतावनी रास्वपालाई सार्वजनिक रूपमा माफी माग्न युवा संघको आग्रह, अराजक गतिविधि नरोके आन्दोलन थाल्ने चेतावनी

रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पनि पार्टीको तर्फबाट कुनै दलको झण्डा जलाउने काम नहुने जनाउँदै यस्तो गतिविधिको संरक्षण नहुने जनाएका छन् ।

झण्डा जलाएर आस्थामाथि प्रहार भएको भन्दै एमालेका नेता कार्यकर्ता आक्रोशित भएपछि दुई दलबीच द्वन्द्व बढ्न सक्ने देखिएको छ । त्यसैलै पनि रास्वपाले शनिबार रुपन्देहीको भैरहवा र आइतबार पोखरामा आयोजना गरिएको चुनावी सभा स्थगित गरेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077