Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाको पोखरामा हुने भनिएको चुनावी सभा पनि स्थगित

रास्वपाको पोखरामा हुने भनिएको चुनावी सभा पनि स्थगित

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा गर्ने भनिएको पार्टी सभा स्थगित भएको छ।

फागुन १० मा पोखरामा आयोजना गर्न लागेको पार्टी सभाहरू स्थगित गरिएको रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले जानकारी गराएकी हुन्।

सभामा पार्टी अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले जनसम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

उक्त प्रदेशस्तरीय सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो ।

यसअघि भैरहवामा शनिबार गर्ने भनिएको चुनावी सभा स्थगित गरिएको थियो । 

संघीय निर्वाचन समितिका संयोजकसमेत रहेका पार्टीका उपसभापति डोप्रसाद अर्यालले फागुन ९ मा भैरहवा र फागुन १० मा पोखरामा आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरिएको भन्दै कार्यक्रम संयोजकहरूलाई परिपत्र पठाएका छन्।

राजनीतिक वृत्तमा भने कार्यक्रम स्थगनको पृष्ठभूमिमा पछिल्लो समय दाङमा घटेको घटनालाई समेत जोडेर हेरिएको छ। 

hhjhh.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077