Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाको भोलि भैरहवामा हुने भनिएको चुनावी सभा स्थगन

रास्वपाको भोलि भैरहवामा हुने भनिएको चुनावी सभा स्थगन

शुक्रवार , फाल्गुण ८, २०८२

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवामा शनिबार गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।

पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो ।

यसैबीच, राजनीतिक वृत्तमा भने कार्यक्रम स्थगनको पृष्ठभूमिमा पछिल्लो समय दाङमा घटेको घटनालाई समेत जोडेर हेरिएको छ। 

बिहीबार एमाले महासचिव शंकर पोखरेलको गृहनगर दाङ तुलसीपुर क्षेत्रमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका थिए ।

साथै बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

रास्वपा समर्थकहरुले पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ताहरु रुष्ट छन् ।

यसैबीच एमालेको नेशनल भोलेन्टियर्स फोर्सले पार्टीको झण्डा जलाउनेलाई प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी समेत दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077