Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालीबहादुरलाई छुटाउन पहल भइरहेको छ : प्रचण्ड

कालीबहादुरलाई छुटाउन पहल भइरहेको छ : प्रचण्ड

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कालीबहादुर खामलाई रिहा गराउन पहल गरिरहेको बताएका छन् ।

शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले पार्टीका केही नेता–कार्यकर्ता अझै जेलमा रहेको उल्लेख गर्दै विशेष रूपमा कालीबहादुर खामको प्रसंग उठाए।

‘हाम्रो आन्दोलनका केही साथीहरू जेलमा छन् । खासगरी कालीबहादुर खाम अझै पनि सामान्य मुद्दामा जेलमा छन्,’ उनले भने, ‘मैले मनोनयन दर्ता गरेर आएपछि उहाँसँग भेट पनि गरेको छु। उहाँका सबै कुरा ध्यानपूर्वक सुनेको छु र छिटोभन्दा छिटो छुटाउने पहल गरिरहेको छु ।’

उनले आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूका विषयमा पार्टी गम्भीर रहेको र कानुनी तथा राजनीतिक दुवै माध्यमबाट पहल भइरहेको बताए।

उल्लेखनीय छ, तत्कालीन माओवादी केन्द्रका नेता कालीबहादुर खाम २०८० सालमा पक्राउ परेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077