Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईभी गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

ईभी गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सोमवार , माघ १२, २०८२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ईभी गाडीसँग ठोक्किए दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसी रहेका छन् ।

सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र. ०२००१ ज. ०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको थियो ।

घाइते बिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पातल लगिएकोमा चिकित्कले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।

गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077