Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर रुकुमपूर्व आएँ : प्रचण्ड

जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर रुकुमपूर्व आएँ : प्रचण्ड

सोमवार , माघ ५, २०८२

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व पुगेका उनले भावुक अभिव्यक्ति दिएका हुन् ।

रुकुम ओर्लिएलगत्तै प्रचण्डले आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई सम्झिँदै शान्ति प्रक्रियाका ऐतिहासिक निर्णयहरू यही भूमिबाट भएको उल्लेख गरे। उनले सोही केन्द्रबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकास निर्माणलाई गति दिने दाबी गरे।

‘जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ,’ उनले भने, ‘म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077