Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल र कार दुर्घटनामा दुई युवाको मृत्यु

मोटरसाइकल र कार दुर्घटनामा दुई युवाको मृत्यु

शनिवार , माघ ३, २०८२

बर्दिया । मोटरसाइकल र कार ठोक्किँदा शुक्रबार राति दुई युवाको ज्यान गएको छ।

मधुवन-४ स्थित हुलाकी सडक खण्डमा ओराली बजारबाट ढोढरीतर्फ आउदै गरेको इभी गाडी र विपरीत दिशाबाट आएको मोटरसाइकलसित ठक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ठाकुरबाबा-५ शाहीपुर बस्ने २१ बर्से सुशीलकुमार थारु र सोही पालिका मानपुर बस्ने २५ बर्से करण थारुको मृत्यु भएको हो।

टाउकोमा चोट लागेको दुवै घाइतेको बर्दिया अस्पताल गुलरियामा ल्याई मृत घोषणा गरेको शव बर्दिया अस्पतालमा राखिएको छ । गाडी र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077