Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बिहिवार , माघ १, २०८२

दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखि लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा लमही नगरपालिका–५, कोलहीका ३३ वर्षीय विशाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बसमा सवार राप्ती गाउँपालिका–४ की मीना ठकुरी, शिला परियार र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077