दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक अनिश्चितता बढिरहेको बेला प्रतिनिधिसभाको पुनःस्थापना नै स्पष्ट र सुरक्षित बाटो भएको बताएका छन् ।
बिहीबार प्रेस चौतारी दाङद्वारा आयोजित पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।
उनले भने, 'देशमा चुनाव हुने वा नहुने अनिश्चितता छ। यस्तो अवस्थामा प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ। चुनाव हुने स्थिति बने एमाले सहभागी हुनेछ।'
उनले अराजकता र लोकप्रियतावादले लोकतन्त्र कमजोर हुने उल्लेख गर्दै दलहरू फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि लाभदायी हुने धारणा व्यक्त गरे।