Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै भूमिहीनलाई हटाइए ५० लाख मानिस गरिबीको चक्रमा फस्नेछन्:  शंकर पोखरेल

सबै भूमिहीनलाई हटाइए ५० लाख मानिस गरिबीको चक्रमा फस्नेछन्:  शंकर पोखरेल

आइतवार , बैशाख २०, २०८३

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै सुकुम्बासी र भूमिहीन नागरिकलाई बसेका स्थानबाट हटाइयो भने झन्डै ५० लाख मानिस गरिबीको चक्रमा फस्ने बताएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् ।  

सुकुम्बासी र भूमिहीनका विषयमा कानुन, तथ्यांक र जनजीवनको यथार्थलाई गहिरो रूपमा अध्ययन गर्न वर्तमान सरकारलाई सुझाव समेत दिएका छन्। 

के यी तथ्यलाई वालेन सरकारले हेरेको छ ? भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'काठमाडौं महानगरपालिकासहित देशभर भूमिसम्बन्धी समस्या गम्भीर बन्दै गएको छ। भूमि आयोगमा परेका निवेदनअनुसार देशभर ९८,५०२ भूमिहीन सुकुमबासी, १,८०,२९३ सुकुमबासी तथा ९,३०,७९० अव्यवस्थित बसोबासी गरी जम्मा १२,०९,५८५ जनाले निवेदन दिएका छन्। यसबाहेक केही हजार वास्तविक भूमिहीन अझै बाहिर हुन सक्ने अनुमान छ। केवल काठमाडौंमै करिब १ लाखको हाराहारीमा सुकुमबासी र अव्यवस्थित बसोबासी रहेको मानिन्छ।' 

संसदले विगतमा यी समस्याको समाधानका लागि कानुनी व्यवस्था गरिसकेको उल्लेख गर्दै उनले भनेका छन्- '९ लाखभन्दा बढी अव्यवस्थित बसोबासीले बनाएका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति निम्त्याउने निश्चित छ ।'

काठमाडौं महानगरपालिका र भूमि आयोगबिच सहकार्यको सहमति भए पनि हालसम्म पूर्ण तथ्यांक उपलब्ध नभएकाले समस्या झन् जटिल बनेको एमाले महासचिव पोखरेलले उल्लेख गरेका छन्। 

 यस संवेदनशील विषयमा नीतिगत निर्णय लिनुअघि विद्यमान कानुन, तथ्याङ्क र जनजीवनको यथार्थलाई गहिरो रूपमा अध्ययन गर्नु अत्यावश्यक रहेको उनको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077