Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकर पोखरेल भन्छन् - लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्

शंकर पोखरेल भन्छन् - लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्

बुधवार , बैशाख ९, २०८३

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले अंगीकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) समक्ष लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका ‘पाहुना’ मात्र भएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा संस्थापक नेताहरूको स्मरण गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनका अनुसार जबजका समृद्ध विचारहरूमाथि अहिलेको राजनीतिक परिवेशमा प्रविधि र ‘अल्गोरिदम’ ले सिर्जना गरेका नयाँ प्रवृत्तिहरू—जस्तै लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद—चुनौतीका रूपमा देखा परे पनि ती स्थायी नभई क्षणिक हुनेछन्।

“जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सिर्जना गरेको लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुनाजस्तै हुन्,' पोखरेलले लेखेका छन्, 'कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्ने संकल्प गरौँ।'

महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ लगायतका नेताहरू—नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ—को योगदानलाई स्मरण गरेका छन्।

त्यसैगरी, स्थापना दिवसको अवसरमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा उपत्यकामा रहेका नेता तथा कार्यकर्तालाई सहभागी हुन र जिल्ला बाहिरका कमिटीहरूले आफ्नै कार्यक्रममार्फत दिवस मनाउन उनले आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077