Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूराजनीतिक स्वार्थविरुद्ध आवाज उठाउनु स्वाभिमान हो : शंकर पोखरेल

भूराजनीतिक स्वार्थविरुद्ध आवाज उठाउनु स्वाभिमान हो : शंकर पोखरेल

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय संकटको घडीमा उत्सव मनाउने प्रवृत्तिप्रति प्रश्न उठाएका छन् ।

उनले भूराजनीतिक स्वार्थ, विध्वंस र अराजकताका सामु झुक्नु दासता र कायरता भएको भन्दै त्यसविरुद्ध उभिनु नै सच्चा स्वाभिमान र साहस भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको अवस्थामा जन–जनको हृदय जलिरहेको बेला उत्सव मनाउने प्रवृत्ति असंवेदनशील भएको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, 'भूराजनीतिक स्वार्थकासामु लम्पसार पर्नु दासता हो, त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो। विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो, त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।'

पोखरेलले देश संकटमा परिरहेको समयमा मौन बस्ने वा गलतलाई स्वीकार गर्ने प्रवृत्तिले राष्ट्रिय आत्मसम्मान कमजोर बनाउने उल्लेख गर्दै यस्ता अवस्थाहरूमा सत्य र स्वाभिमानको पक्षमा उभिनु नै ऐतिहासिक जिम्मेवारी भएको बताए।

उनले भनेका छन्, 'देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।'

उनका अनुसार यिनै ‘स्पार्टाकस’हरूले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्व व्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077