काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रतिशोधको राजनीतिमा संलग्न नहुने बताएका छन् ।
बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले यस्तो बताएका हुन् ।
उनले अदालतको ढोकामा मुद्दा दर्ता गरी संसदबाट सूचना टाँस गर्ने वा बन्द कोठामा बसेर निर्वाचन बिथोल्ने प्रयास नगर्न सबैलाई चेतावनी दिए ।
उनी विगतका बेथितिको अन्त्य गर्ने सबैभन्दा प्रभावकारी माध्यम आगामी निर्वाचन भएको दाबी गर्दै रास्वपाले देश लुट्नेहरूलाई विधि र प्रक्रियाको दायरामा ल्याउन खुट्टा नकमाउने बताएका छन् ।