Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेले भने- कुलमान घिसिङसँगको सहमतिलाई औपचारिकता दिने प्रक्रियामा छौं

रवि लामिछानेले भने- कुलमान घिसिङसँगको सहमतिलाई औपचारिकता दिने प्रक्रियामा छौं

बिहिवार , पौष २४, २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन्।

बिहीबार चितवन जिल्ला अदालतमा तारिखमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले भने- 'उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ। अब उहाँले राजीनामा दिइसक्नु भो, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुँदैछ।'

केहीदिनअघि रास्वपा र उज्यालो नेपालबीच घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने सहमति भएको थियो।

सोही सहमतिलाई पार्टीले औपचारिकता दिने काम हुन लागेको हो ।

गैरदलीय सरकारमा दलका नेता मन्त्री भएको भन्दै चौतर्फी आलोचना भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालय सम्हालेका घिसिङले बिहीबार मात्रै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077