एजेन्सी । अमेरिकाले रुसी झण्डावाहक तेल ट्याङ्कर कब्जा गरेको छ ।
एटलान्टिक महासागरमा दुई हप्ताभन्दा बढी समय चलेको लुकामारीपछि अमेरिकी सेना र कोस्ट गार्डले भेनेजुएलासँग सम्बन्धित रुसी झण्डावाहक एउटा तेल ट्याङ्कर जफत गरेको हो ।
यो अपरेशनका क्रममा नजिकै एउटा रुसी पनडुब्बीले उक्त ट्याङ्करको निगरानी गरिरहेको दुई अमेरिकी अधिकारीहरूले रोयटर्सलाई बताएका छन् ।
अमेरिकी अधिकारीहरूले बताएअनुसार, यो अपरेशन राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा भेनेजुएलामाथि लगाइएको समुद्री ’नाकाबन्दी’लाई कडाइका साथ लागु गर्ने दिशामा एउटा ठूलो कदम हो ।
हालसम्मको इतिहासमा अमेरिकी सेनाले रुसी झण्डा बोकेको जहाज जफत गरेको यो पहिलो घटना भएको देखिन्छ ।