Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले युद्धविराम उल्लंघन गरेको इरानको आरोप, होर्मुजमा जहाजहरूलाई निशाना बनाएको दाबी

अमेरिकाले युद्धविराम उल्लंघन गरेको इरानको आरोप, होर्मुजमा जहाजहरूलाई निशाना बनाएको दाबी

शुक्रवार , बैशाख २५, २०८३

एजेन्सी । इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । अमेरिकाले होर्मुज जलमार्ग क्षेत्रमा दुईवटा जहाजहरूलाई निशाना बनाएको र नागरिक क्षेत्रहरूमा आक्रमण गरेको इरानको आरोप छ । 

अमेरिकी सेन्ट्रल कमान्डले भने अमेरिकी सेनाले इरानको तर्फबाट भएको उत्तेजक आक्रमणलाई बीचमै रोकेको र आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । 

अमेरिकी नौसेनाका गाइडेड–मिसाइल नष्ट गर्ने युद्धपोतहरू होर्मुज जलमार्ग हुँदै ओमानको खाडीतर्फ जाँदै गर्दा यो घटना भएको अलजजिराले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणका बावजुद तीनवटा अमेरिकी युद्धपोतहरूले सफलतापूर्वक होर्मुज पार गरेको दाबी गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077