Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकासँग मिल्नका लागि सम्झौताको बाटो अपनाउन इरान तयार

अमेरिकासँग मिल्नका लागि सम्झौताको बाटो अपनाउन इरान तयार

आइतवार , जेठ १०, २०८३

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित शान्ति तथा आणविक सम्झौताका लागि १४ बुँदे प्रारम्भिक ढाँचालाई अन्तिम रूप दिन लागेको जनाएको छ।

इरानले वार्ताका लागि आफू तयार रहेको संकेत गरे पनि तेहरान र अमेरिकाबीच अझै गहिरा मतभेद कायम रहेको स्पष्ट पारेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शनिबार सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, “हाम्रो प्राथमिकता १४ बुँदालाई समेटेर सम्भावित सम्झौताको एउटा प्रारम्भिक खाका तयार गर्नु हो।”

इरानी अधिकारीहरूका अनुसार अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्तामा तत्काल ठूलो सफलता हासिल हुने अपेक्षा कम रहेको छ। प्रवक्ता बकाईले तेहरान सम्झौतामार्फत समाधान खोज्न तयार भए पनि विवादित मूल मुद्दाहरूमा सहमति जुट्न अझै कठिन रहेको बताएका छन्।

इरानको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले “स्थायी शान्तिका प्रयास असफल भए आक्रमण हुनसक्ने” चेतावनी दिएको केही समयपछि आएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077