काठमाडौ। अमेरिकी संसद्को ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस)ले नेपालको बारेमा एक प्रतिवेदन सार्वजनिक गरेर नेपालमा चर्चा प्रदान गरेको छ ।
गत ३१ मार्च २०२६ मा प्रकाशित उक्त प्रतिवेदनले बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी बीचको एकीकरणलाई पर्यवेक्षकहरुले ‘म्यारिज अफ कन्भिनियन्स’को संज्ञा दिएको जनाइएको छ ।
प्रतिवेदनमा भनिएको छ- ‘काठमाडौंको मेयरका रुपमा स्वतन्त्र पहिचान बनाएका शाहले रास्वपाको तर्फबाट चुनाव लडे, जसलाई केही पर्यवेक्षकहरुले म्यारिज अफ कन्भिनियन्स (सुविधाको विवाह)को संज्ञा दिएका छन्।पर्यवेक्षकहरुले शाहको विदेश नीति व्यावहारिक र राष्ट्रिय हितमा केन्द्रित हुने अनुमान गरेका छन्। यता चीनको बीआरआईमार्फत अघि बढाइएका पूर्वाधार परियोजनाको प्रगति हालसम्म नेपालमा अत्यन्तै सुस्त गतिमा भइरहेको छ।'
नेपालमा अमेरिकी सहायताका कार्यक्रमहरूबारे उल्लेख गरिएको छ । सन् २०२५ मा ट्रम्प प्रशासनले नेपालमा ३ सय २९ मिलियन डलरभन्दा बढीको विदेशी सहायता कार्यक्रमहरू बन्द गर्दा र सुरुमा मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) परियोजना पनि रोकेकोमा फेब्रअरी २०२५ मा विदेश सचिव मार्को रुबियोले एमसीसी नेपाल कम्प्याक्टलाई ९० दिने स्थगनको सूचीबाट हटाइ परियोजना जारी रहने घोषणा गरेका थिए।
तिब्बती शरणार्थीहरूलाई समर्थन गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ। अमेरिकी कंग्रेसले आर्थिक वर्ष २०२६ का लागि तिब्बतीहरूको सहयोगार्थ १ करोड ३० लाख डलर विनियोजन गरेको जनाइएको छ ।
चीन सरकारले नेपालमा तिब्बतीहरूको स्वतन्त्र भेला र अभिव्यक्तिलाई प्रतिबन्धित गर्न नेपाल सरकारलाई दबाब दिइरहेको रिपोर्टमा उल्लेख छ। रिपोर्टले विशेषगरी नेपालको नयाँ नेतृत्वको परराष्ट्र नीति र भू(राजनीतिक सन्तुलनलाई उच्च प्राथमिकतामा राखेको जनाइएको छ ।