काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी सरकारका मन्त्रीलाई पार्टीको उपसभापति बनाउनु कति उचित हो भन्दै प्रश्न उठाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाएको निर्णयप्रति लक्षित गर्दै पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले वैकल्पिक राजनीतिको दाबी गर्ने शक्तिहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई पार्टीको उच्च पदमा नियुक्त गर्नु उचित नहुने बताए ।
‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैर दलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु—कति उचित हो ?’ पोखरेलले लेखेका छन्।