Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुद्ध एयरको जहाज हुँदै चितवन पुगे रवि, गाडीबाट भैरहवा जाँदै

बुद्ध एयरको जहाज हुँदै चितवन पुगे रवि, गाडीबाट भैरहवा जाँदै

शुक्रवार , पौष ४, २०८२

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनको भरतपुर विमानस्थल पुगेका छन् ।

रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट बुद्ध एयरको जहाज हुँदै चितवन गएका हुन् ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले भर्खरै जहाज चितवन ल्यान्ड भएको जानकारी दिएका छन् । उनका अनुसार केहिबेरमा यताबाट गाडी हुँदै भैरहवा जाने छन् ।

भैरहवामा हुस्सु लागेर भिजिबिलिटी कम भएपछि लामिछाने आज बिहान करिब ७ बजेदेखि दिउँसोसम्म काठमाडौंमै रोकिएका थिए ।

बिहीबार  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकम बराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो ।

रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

सोहि प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077