Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भैरहवा जान नपाएपछि चितवन जाँदै रवि

भैरहवा जान नपाएपछि चितवन जाँदै रवि

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुर जाने भएका छन् । बिहान ७ः५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिरहेका उनी अन्ततः भरतपुर जाने भएका हुन् ।

भैरहवाको मौसम नखुलेपछि उडान नहुँदा विहानैदेखि लामिछाने काठमाडौं एयरपोर्टमै छन् । अझै पनि मौसम खुख्ने सम्भावना कम भएको जानकारी आएकाले लामिछाने भैरहवाको सट्टा जहाजमार्फत भरतपुरसम्म गएर त्यहाँबाट गाडीमा जाने भएका हुन्।

रास्वपाका नेता गणेश पराजुलीले भैरहवाको लागि उडान पर्खिएका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जाने जानकारी गराएका छन् ।

रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई हिजो उच्च अदालत तुलसीपुरको बुटवल इजलास रिहा गर्न आदेश दिएको थियो

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077