Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भैरहवाको उडान नभएपछि रविलाई भरतपुर लगिँदै, त्यहाँबाट गाडीमा रुपन्देही जाने

भैरहवाको उडान नभएपछि रविलाई भरतपुर लगिँदै, त्यहाँबाट गाडीमा रुपन्देही जाने

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । आज बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भरतपुर लैजान लागिएको छ ।

रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान जान नसक्दा सभापति लामिछाने काठमाडौंमै रोकिएका थिए।

बिहान ७:५५ बजेको फस्ट फ्लाइट भए पनि अहिलेसम्म उडान भएको थिएन ।

लामो प्रतिक्षापछि पनि मौसम नखुलेपछि लामिछानेलाई भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्याइने तयारी भएको रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए ।

बिहीबार उच्च अदालत बुटवलले लामिछानेलाई २ करोड ७४ लाख बैंक बराबरको ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो।

रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

सोहि प्रक्रियाका लागी लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077