Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सक्रिय राजनीतिबाट बिदा भए एमाले नेता अधिकारी

सक्रिय राजनीतिबाट बिदा भए एमाले नेता अधिकारी

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । नेकपा एमालेका संगठन विभागका प्रमुख काशीनाथ अधिकारी सक्रिय राजनीतिबाट बिदा भएका छन् ।

सामाजिक सञ्जालमार्फत ६६ वर्षको उमेरमा अधिकारीले पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने घोषणा गरेका हुन् ।

‘पचास बर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरेँ। जति दिन काम गरेँ पुरा मनले गरेँ। इमान, निष्ठा र समर्पणकासाथ गरेँ। तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरेँ,' उनले भने, ‘म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रह्यो। नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भएपनि म कहिल्यै नेता थिइन। म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ।’

उनले आफूले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते नगरेको बताए ।

‘सपना असल कम्युनिष्ट बन्ने थियो तर सबै मानकहरु पुरा गर्न सकिनँ। अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन। साधारण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहनेछु’ अधिकारीले भने,‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु।’

एमाले नेता अधिकारीले लामो राजनीतिक जीवनमा आफूबाट भएका भूलचुकहरूप्रति क्षमा मागेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077