Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सभापति लामिछाने आज जेलमुक्त हुँदै

रास्वपा सभापति लामिछाने आज जेलमुक्त हुँदै

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रिहा हुँदै छन् । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन् ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको छ ।

रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ । त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर रिहा गरिनेछ ।

लामिछाने आज जहाजमार्फत् भैरहवा जाने बताइएको छ । यसअघि जिल्ला अदालत, रुपन्देहीले गरेको आदेशलाई उच्च अदालतले बदर गरिदिएको हो ।

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा लामिछानेले करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी राखेर आफुलाई थुनामुक्त गर्न जिल्ला अदालत, रुपन्देहीमा निवेदन दिएका थिए।

जिल्ला अदालतले उनको मागअनुसार आदेश नदिएपछि उनी उच्च गएका हुन्। उच्चले उनको मागअनुसार धरौटीमा रिहा गर्न भनेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077