Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश

रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश

बिहिवार , पौष ३, २०८२

काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो ।

सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रिहा गर्न आदेश दिएको हो।

उच्च अदालतले बिगो बराबर धरौटी माग गर्ने आदेश गरेको हो । उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर उनी थुनामुक्त हुनेछन् ।

उच्चले उनको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

अदालतले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077