Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

एमालेको केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगले ज्ञवालीले १ हजार ९ सय ४२ पाएको जनाएको छ । यो खुल्ला केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत हो ।

ज्ञवाली दशौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए । यो महाधिवेशनमा उनले महासचिवमा दाबी गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षको सूचीमा राखेपछि उनले सो पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । उनले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि ओली पक्षले पछि रघुजी पन्तलाई सूचीमा समेटेको थियो । पन्त उपाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

उनले छोडेको उपाध्यक्षमा पदमा रघुजी पन्तलाई समेटिएको थियो। उनी सुरुवातमा ओली प्यानलमा परेका थिएनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएको थियो। ज्ञवालीले उपाध्यक्ष पद छोडेपछि ओलीले पन्तलाई समेटेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077