Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११औँ एमाले महाधिवेशन: यस्तो बन्यो पदाधिकारी टीम

११औँ एमाले महाधिवेशन: यस्तो बन्यो पदाधिकारी टीम

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने अधिकांश पदाधिकारी पदमा पनि ओली पक्षकै उम्मेदवारहरूले सफलता हात पारेका छन्।

बिहीबार सम्पन्न निर्वाचनमा कुल १९ पदाधिकारीमध्ये दुई जनाबाहेक सबै पदमा ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्।

ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका गोकर्ण विष्ट उपाध्यक्षमा र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन्। यद्यपि, पोखरेल स्वयं भने अध्यक्ष पदमा ओलीसँग पराजित भएका छन्।

एमाले महाधिवेशनमा २‚२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ प्रतिनिधि मतदानमा सहभागी भएनन्।

यस्तो छ पदाधिकारी टीम

अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३

• उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७
विष्णुप्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्णराज विष्ट : १३६८
रघुजी पन्त : १२५८

• महासचिव (१)

शंकर पोख्रेल : १२२८

• उपमहासचिव (३)
लेखराज भट्ट : १४५२
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८

• सचिव (९)
महेश बस्नेत : १५४४
पद्माकुमारी अर्याल : १५३०
छविलाल विश्वकर्मा : १५०६
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७
खगराज अधिकारी : १२३१
यामलाल कंडेल : ११८५
राजन भट्टराई : ११८१
भानुभक्त ढकाल : ११०८

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077