Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सचिवमा ओलीको नौ जना विजयी, महेश बस्नेतले ल्याए सर्वाधिक मत

एमाले सचिवमा ओलीको नौ जना विजयी, महेश बस्नेतले ल्याए सर्वाधिक मत

बिहिवार , पौष ३, २०८२

काठमाडौं। नेकपा एमालेको सचिव पदमा अध्यक्ष निर्वाचित केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ। सचिवतर्फको नौ पदमा महेश बस्नेतले सर्वाधिक मत प्राप्त गरेका छन्।

बस्नेतले एक हजार ५४४ मत प्राप्त गरे। यसैगरी पद्माकुमारी अर्याल एक हजार ५३० मत प्राप्त गर्दै सचिवमा निर्वाचित भइन्। छविलाल विश्वकर्माले एक हजार ५०६, शेरधन राईले एक हजार ५०३, हिक्मतकुमार कार्कीले एक हजार ३३७, खगराज अधिकारीले एक हजार २३१, यामलाल कँडेलले एक हजार १८५ र राजन भट्टराईले एक हजार १८१ मत ल्याएर सचिवमा निर्वाचित भए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077