Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपाध्यक्षमा सर्वाधिक मतसहित पृथ्वीसुब्बा गुरुङ निर्वाचित, कसको कति ?

उपाध्यक्षमा सर्वाधिक मतसहित पृथ्वीसुब्बा गुरुङ निर्वाचित, कसको कति ?

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मतसहित पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् ।

भर्खरै आएको मतपरिणाम अनुसार गुरुङ १७३७ मतसहित निर्वाचित भएका हुन् ।

एमालेको विधान अनुसार ५ जना उपाध्यक्ष रहने व्यवस्था रहेको छ । जसअनुसार गुरुङसहित विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् ।

विजयी भएका विष्ट अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलका हुन् भने केपी शर्मा ओली समूहका गुरुप्रसाद बराललाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा कसले कति मत ल्याए ?

अरुण नेपाल : ४३९
गुरुप्रसाद बराल:११३७
गोकर्णराज विष्ट : १३६८
टकंप्रसाद कार्की:३५८
परशुराममेघी गुरुङ : ४६१
पृथ्वीसुब्बा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
बिन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल :१६७५

यता महासचिवमा शंकर पोखरेलले जित हासिल गरेका छन् । उनले १ हजार २ सय २८ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्धन्दी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका हुन् ।

यसअघि नै अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतका साथ विजयी भइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077